खिमलाल देवकोटाले भने, ‘मेराे उम्मेदवारी कायम छ’

डिसी नेपाल
३१ वैशाख २०७८ ११:२०
368
Shares

काठमाडौं । राष्ट्रियसभाको वागमती प्रदेशको रिक्त रहेको पदमा उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देवकोटाले आफ्नो उमेरदवारी प्रति सोच्न नसकिने बताएका छन्।

नेकपामा विवाद भएकाबेला विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएका देवकोटाले आफूलाई राजनीतिक दलले गरेको विश्वास र भरोसाको उच्च सम्मान व्यक्त गर्ने बताएका छन्। उनले भनेका छन्, ‘राजनीतिक दलहरुले मप्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु बिना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी यही विचारबाट अभिप्रेरिता छ।’

उनले जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा उत्साहका साथ सहभागी हुन र आफ्नो चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह समेत गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो उम्मेदवारीबारे जिज्ञासा राखिनु स्वभाविक भएपनि आफू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलहरूको समर्थनमा उम्मेदवार बनेकोले त्यसबारे पुनर्विचार गर्ने कुरा कल्पनाबाहिरको रहेको देवकोटाले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.