सेनाको जहाजमार्फत रुपन्देहीमा अक्सिजन सिलिण्डर लगियो
काठमाडौं । रूपन्देहीमा नेपाली सेनाको जहाजमार्फत एयरलिफ्ट गरी अक्सिजन ग्याँस सिलिण्डर पुर्याइएको छ ।
जिल्ला सुरक्षा समिति रुपन्देहीले केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र समक्ष अक्सिजन उपलब्ध गराइदिन माग गरेको थियो । सोही बमोजिम विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार साँझ गौतमबुद्ध विमानस्थलमा सिलिण्डर अक्सिजन झारिएको हो ।

यसअघी सेनाले भैरहवा र बुटवलका अस्पताललाई ४० सिलिण्डर अक्सिजन उपलब्ध गराएको थियो । सिसिएमसी काे अनुरोधमा सेनाको २८ नम्बर बाहिनीले बाराको सिमरामा संकलन गरेको अक्सिजन हेलिकोप्टरद्वारा ढुवानी गरी हस्तान्तरण गरेको थियो।
बुटवलस्थित लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा अक्सिजन सप्लाई नहुँदा अस्पतालको आईसीयूमा रहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। भैरहवास्थित भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनका कमीबाट बिरामी उपचारमा समस्या आएको थियो ।
यसअघि सेनाले लामो समयदेखि बन्द पनौती र थानकोटस्थित अक्सिजन उद्योग दक्ष प्राविधिक जनशक्ति खटाएर सञ्चालनमा सहयोग पुर्याएको थियो । सेनाले अक्सिजन ढुवानीमा समेत सहयोग पुर्याउँदै आएको छ ।







डिसी नेपाल








Facebook Comment