नवनियुक्त मन्त्री शर्माको पद वहालीको पहिलो प्रथामिकता कर्णालीका दुर्गम जिल्ला

डिसी नेपाल
३ जेठ २०७८ १५:२४
516
Shares

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले पद वहालीको पहिलो दिन कर्णालीका दुर्गम जिल्ला मुगु र डोल्पाका बहुबर्षीय योजनालाई सदर गरेका छन्।

आफ्नो पद वहाली पछि मन्त्री शर्माले बहुबर्षीय योजना अन्तरगत आगामि आर्थिक बर्षको लागि श्रोत सुनिश्चित गर्दै मुगु दोमुख मोटरबेल पुलको लागि रु १ करोड २७ लाख र मुगुकै झुक्ला मोटरवेल पुलको रु ५ करोड ११ लाखको फाइल सदर गरेका हुन्।

त्यस्तै मन्त्री शर्माले क्याटु सालदाङ,धो, सडक आयोजना डोल्पाको लागि रु १० करोड ५५ लाखको आयोजनाको फाइललाई पदभारको पहिलो फाइल सदर गरेका छन्। नेता शर्मा नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा सोमवार नियुक्ति भएका हन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *