बुधबार उपत्यकामा मात्रै २ हजार ४८६ जनामा कोरोना संक्रमण
फाइल फाेटाे।
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा मात्रै २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार ९८८ जना, भक्तपुरमा २२८ जना र ललितपुरमा २७० जना गरी २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४६ जना थपिएका स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।हालसम्म कोरोनाको कारण ५ हजार ६५७ जनाको मृत्यु भएको छ
मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ७१३ रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना निको भएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment