कोरोना संक्रमणबाट डिएसपी राजकुमार केसीको निधन
काठमाडौं। नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ। उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो।
तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। मृतक केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।
काठमाडौको मूलपानी स्थायी घर भएका केसी एक वर्ष अघि मात्रै परिसरमा सरुवा भएर आएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment