सिसिएमसी खारेजकाे माग गर्दै माओवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
फाइल फाेटाे।
काठमाडौं। माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ। बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हाे।
माओवादी बैठकले अत्यावश्यक बाहेकका राजनीति नियुक्तिहरु रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोभिढ नियन्त्रणमा जुट्न सरकारसँग माग गरेको छ।
बैठकले अक्सिजनलगायतका स्वास्थ्य सामग्रीहरुको सप्लाई, सरकारी तथा निजी अस्पतालको क्षमतावृद्धि, कोभिड संक्रमितलाई आवश्यक बेडको वृद्धि र आइशोलेसन, आईसियु, भेन्टिलेटरलगायतको क्षमता विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।
शुक्रबार माओवादी केन्द्रले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment