राष्ट्रियसभा उपनिर्वाचनः बादल पराजित, देवकाेटा निर्वाचित

डिसी नेपाल
६ जेठ २०७८ १७:२७
1.2k
Shares

काठमाडौं। राष्ट्रिय सभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्। उनले एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै राष्ट्रियसभामा जित हात पारेका हुन्। विहीबार भएको मतदानमा विहीबार नै नतिजा आएको हो।

देवकोटालाई काँग्रेस, माओवादी केन्द्र र एमालेको माधव समूहको समर्थन थियो। देवकोटा माधव नेपाल समूह निकटका हुन्। उनले ५०८८ मतभार प्राप्त गरेका छन्। बादलले ४०१४ मतभार पाए।

बागमती प्रदेशबाट राष्ट्रिय सभाका लागि अन्य समूहबाट एक सिट रिक्त थियो। सो सिट बादलकै कारण रिक्त भएको थियो। तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित उनी एमालेमा प्रवेश गरेपछि पद रिक्त भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *