संविधान मास्ने षड्यन्त्र भयो : वरिष्ठ नेता पौडेल

डिसी नेपाल
६ जेठ २०७८ २१:११
84
Shares

काठमाडौं। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेपछि तिब्र प्रतिक्रियाहरु आइरहेका छन्। यहीबीचमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मौजुदा संविधान नै धरापमा परेको भन्दै संविधान जोगाउने प्रयासमा लाग्न अपील गरेका छन्। उनले विहीबार राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि गरिएको आव्हान संविधान मास्ने षडयन्त्र भएको बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो। सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन थियो।

तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन्। यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपील गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *