जीवनकै कठिन निर्णय लिएँः योगेश भट्टराई
काठमाडौं। एमाले नेता योगेश भट्टराईले शुक्रबार आफूले राजनीतिक जीवनकै कठिन निर्णय लिएको बताएका छन्। माधव नेपाल निकट रहेका उनले काँग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।
भट्टराईले फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment