युरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने

डिसी नेपाल
७ जेठ २०७८ २२:२८
36
Shares

ब्रसेल्स । युरोपेली संघ (इयु)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ ।

कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस विरुद्धको खोप संघले दिने भएको हो ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिइन् ।

विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उनले यो प्रारम्भीक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताइन् ।

कोरोनाभाइरसको महामारी विश्वभरी नै फैलिएकाले संघले विश्वभरीका धेरै देशहरुलाई सहयोग गर्नु परेको पनि उनले जानकारी दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.