प्रतिनिधिसभा विघटनपछि कांग्रेस पदाधिकारी बैठक बस्दै

डिसी नेपाल
८ जेठ २०७८ ८:५७
384
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ। अहिले ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने बताइएको छ।

शुक्रबार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गराएपछि कात्तिक र मंसिरमा मध्यावधि निर्वाचन घोषणा भएको छ। निर्वाचन कात्तिक २६ गते र मंसिर ३ गते तोकिएको छ।

उक्त घोषणाको विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बस्न लागेको हो। सभापति देउवाले शुक्रबार प्रधानमन्त्रीका लागि दावी पेश गरेका थिए। राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै नियुक्त गर्न अस्वीकार गरेकी थिइन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *