प्रतिनिधिसभाकाे विघटनकाविरूद्ध विपक्षीहरू बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा विघटन भएर मध्यावधि निर्वाचन घोषणापछिको रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ।
विपक्षी नेपाली कांग्रेस,माओवादी केन्द्र,जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले यसको विरोध गरेको छ।
अबको रणनीति बनाउन विहान ११ बजे संसद भवनमा संयुक्त बैठक बस्न लागेको कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिए । बैठकमा राष्ट्रिय जनमोर्चामा पनि सहभागी हुनेछ।
कांग्रेस नेता रामचन्द्र पौडेलले केपी ओलीविरुद्ध एकजुट भएर लड्न विपक्षी गठबन्धन बलियो बनाउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment