नोक्सान गरिदिने हात्तीसँग गाउँले यति रिसाए, गाउँले मिलेर मारे अनि सिंगै हात्ती बाँडेर खाए
काठमाडौं। गाउँमा छिरेर जनधनको क्षति गराइदिने एउटा हात्तीसँग गाउँलेहरु यति रिसाए कि उनीहरुले मिलेर पहिले त्यो हात्तीलाई मारे । त्यसपछि उनीहरु सबैले बाँडेर सिंगो हात्तीको मासु खाएर सके । यो हात्ती पश्चिम अफ्रिकी देश बेनिनको राष्ट्रिय निकुञ्जबाट भागेको थियो । निकुञ्जबाट भागेपछि यो हात्तीकांदी क्षेत्रमा घुमिरहेको थियो । यो हात्ती गएको मार्च महिनादेखि नै यहाँ आसपासको क्षेत्रमा निकै सक्रिय थियो ।
डेलीस्टारमा प्रकाशित समाचारअनुसार यो हात्तीले सबैभन्दा पहिले एक महिलालाई निशाना बनाएको थियो । त्यसपछि उसले गाउँमा अन्य कैयौं मानिसहरुलाई पनि घाइते बनाएको थियो । हात्तीले गाउँलेहरुमाथि आक्रमण गर्न थालेपछि गाउँलेहरु त्यो हात्तीसँग निकै आक्रोशित थिए । यहाँका कैयौं मानिसहरुले अधिकारीहरुसँग यो हात्तीलाई मारिदिने वा पुनः यसलाई राष्ट्रिय निकुञ्जमा फर्काइदिन अनुरोध पनि गरेका थिए । तर, उनीहरुको यो अनुरोधप्रति प्रशासनको तर्फबाट खासै ध्यान दिइएको थिएन ।
यसको एक महिनापछि त्यो हात्तीले सोनोसोरो क्षेत्रमा २ जनालाई मारेको थियो । हात्तलिे मानिसलाई मारेपछि प्रशासन यो हात्तीलाई तह लगाउने विषयमा गम्भीर भएको थियो । त्यसपछि दक्षिण अफ्रिकी गैर सरकारी संस्था अफ्रिकन पार्क रेन्जर्सले यो हात्तीको खोजीसुरु गरेको थियो । २७ अप्रिलमा रेन्जर्सले यो हात्तीलाई मारिसकिएको जानकारी दिएको थियो । त्यसपछि रेन्जर्सका कर्मचारीहरुले त्यो हात्तीलाई काटेर त्यसको मासु स्थानीयलाई बाँडिदिएका थिए । सामाजिक संजालमा यो घटनाका तस्वीर भाइरल भएका थिए ।
रिपोर्टका अनुसार रेन्जर्सले यो हात्तीलाई नचाहँदा पनि मार्नु परेको थियो किनकि यो त्यहाँका जनताको लागि निकै गम्भीर खतरा बनेको थियो । फ्रान्स २४ सँग कुरा गर्दै फरेस्ट्री क्याप्टेन डेभिड आयेगननले यो हात्तलिाई अलीबोरी नदी नजिकै मारिएको बताए । उनले आफूहरुको काम पर्यावरण बचाउनु भए पनि स्थानीय जनताका कारण आफूहरु निकै दबाबमा भएको बताए । हात्ती निकै हिंस्रक भएकोले त्यसलाई राष्ट्रिय निकुञ्जमा फर्काउन कठिन भएको र त्यसका लागि ढुवानीको साधन पनि नभएको उनले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment