महिनौं बेपत्ता भएकी दुबईकी राजकुमारीको तस्वीर सार्वजनिक
दुबई (एजेन्सी)। यसै हप्ता दुई इंस्टाग्राम अकाउन्टमा पोस्ट गरिएको तस्वीरहरुमा दुबईके शाहकी छोरी प्रिंसेज लतीफालाई देखिएको छ। गएका केही महिनादेखि प्रिन्सेज लतीफालाई न कतै देखियो न उनीबारे कुनै जानकारी नै पाइयो।
यसैवर्ष फेब्रुअरीमा बीबीसी प्यानोरमाले प्रिन्सेज लतीफाको एक भिडियो प्रशारण गरेको थियो। जसमा उनले आफूलाई बन्धक बनाएर राखिएको र आफ्नो ज्यानमाथि खतरा रहेको बताएकी थिइन्।
यसै हप्ता सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्वीरहरुको स्वतन्त्र पुष्टि भने गर्न नसकिने बीबीसीले उल्लेख गरेको तर, प्रिन्सेज लतीफाका एक मित्रले सो तस्वीर लतीफाकै भएको पुष्टि गरेको बीबीसीले जनाएको छ।
फ्री लतीफा अभियानका सहसंस्थापक डेविड हेगले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘हामी पुष्टि गर्छौ यस अभियानले कैयौं सकरात्मक परिणाम दिएका छन्। तर, अहिले नै कुनै टिप्पणी गर्न चाहँदैनौं। तर उचित समयमा वक्तव्य जारी गर्नेछौं।’
बीबीसीले लण्डनस्थित यूएईको दूतावासलाई यो विषयमा सम्पर्क गरे पनि दूतावासले कुनै जवाफ नदिएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment