बुलेट ट्रेन १५० किलोमिटर प्रतिघण्टा कुदिरहेका बेला ड्राइभर उठेर ट्वाइलेट गएपछि…
काठमाडौं। जापानलाई आफ्नो तीब्र गतिको बुलेट ट्रेन, समयको सही पालना र त्यसको कुशल प्रबन्धनको लागि चिनिन्छ । यही कारण जापानमा बुलेट ट्रेन विदेशी पर्यटकको आकर्षणमा पर्छ । तर, यहाँ एक बुलेट ट्रेन चालकले यस्तो गल्ती गरे जसका कारण सयौं यात्रु खतरामा परे । त्यो बुलेट ट्रेन १५० किलोमिटर प्रतिघण्टाको गतिमा कुदिरहेका बेला ट्रेनका चालक आफ्नो सिट छाडेर ट्वाइलेट गए ।
यो घटना गएको अप्रिल १६ को भएको बताइएको छ । द जापान टाइम्सका अनुसार ३६ वर्षका ट्रेन चालक हिकारी ककपिट छोडेर बाहिर निस्किएपछि करिब ३ मिनेटसम्म ककपिटभन्दा बाहिर थिए । ट्रेन नम्बर ६३३ का ती ड्राइभरले यस क्रममा एक कन्डक्टरलाई ट्रेनको जिम्मेवारी दिएका थिए । तर, ती कण्डक्टरसँग ट्रेन चलाउने लाइसेन्स थिएन । स्थानीय समयअनुसार बिहान करिब सवा ८ बजे शिजुओका प्रान्तको अटामी स्टेशन र मिशिमा स्टेसनको बीचमा यो ट्रेन चलिरहेको थियो ।
जापानमा बुलेट ट्रेनमा हुने कन्डक्टरहरुले यात्रु चढाउने, ओराल्ने र अन्य कामहरु गर्छन् ।तर, ती कन्डक्टरहरुले ट्रेन अपरेट गर्दैनन् । ड्राइभरले पछि माफी माग्दै आफू लामो समयसम्म शोचालय नगएर रोकेर राखेको हुँदा आफ्नो पेट दुख्न लागेको सफाइ दिएका थिए । उनले आफूले ढिलो गर्न नचाहेकोले नजिकको स्टेशनमा ट्रेन नरोकेको बताएका थिए ।
जेआर सेन्ट्रल रेलवेले एक आधिकारिक माफीनामा जारी गर्दै यो घटनाको सूचना आधारभूत संरचना, परिवहन र पर्यटन मन्त्रालयलाई दिएको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई नियम र सावधानीका विषयमा जागरुकता अभियान चलाउने बताएका छन् । बुलेट ट्रेनले डइभर र कन्डक्टरलाई अनुशासित रहन र नियम पालना गर्नको लागि बाध्य गरिनेतर्फ विचार गरिरहेको छ । जापानमा यात्रु भएको र चलिरहेको बुलेट ट्रेनका ड्राइभरले ककपिट छोडेको यो पहिलो घटना हो ।







डिसी नेपाल







Facebook Comment