देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल समूहका २३सांसदको हस्ताक्षर

डिसी नेपाल
१० जेठ २०७८ १२:५८
1.4k
Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेकपा एमाले माधव नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन्। तर माधव नेपाल निकट सांसद निरादेवी जैरूले भने २६ जनाले हस्ताक्षर गरेकाे र  बाँकी चार जनाले पनि हस्ताक्षर गर्ने बताएको दाबी गरेकी छन्।

उनले २६ जना सांसदले हस्ताक्षर गरिसकेको र बाँकी चार जनाले पनि हस्तक्षर गर्ने जानकारी आएको दाबी गरेकी हुन्। ‘अहिलेसम्म २६ जना सांसदले हस्ताक्षर गरिसक्नु भएको छ,’ जैरुले डिसी नेपालसँग भनिन्, ‘बाँकी चार जनाले पनि हस्ताक्षर गर्दै हुनुहुन्छ। हामी कुल ३० जना सांसदले हस्तक्षर गर्दैछौ।’

उनीहरुले देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै हस्ताक्षर गरेका हुन्। तर त्यहाँ योगेश भट्टराई र गोकर्ण विष्टले भने हस्ताक्षर गरेका छैनन्। योगेश भट्टराईले आफूलाई ज्वरो आएका कारण उपस्थित हुन नसक्ने जानकारी दिएको जैरुले जनाइन्।

हस्ताक्षर गर्ने सांसदहरू

१. विरोध खतिवडा

२. जीवनराम श्रेष्ठ

३. घनश्याम भुसाल

४. सोमप्रसाद पाण्डे

५. कृष्णलाल महर्जन

६. झपट रावल

७. निरादेवी जैरू

८. सरला यादव

९. कल्याणी खड्का

१०. लक्ष्मी चौधरी

११. माधव नेपाल

१२. भीम रावल

१३. कलिला खातुन

१४. रामकुमारी झाँक्री

१५. झलनाथ खनाल

१६. पुष्पा कर्ण कायस्थ

१७. भवानीप्रसाद खापुङ

१८. यज्ञराज सुनुवार

१९. पवित्रा निरौला

२०. मुकुन्द न्यौपाने

२१. मेटमणि चौधरी

२२. दिपक प्रकाश भट्ट

२३. नारायण खतिवडा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *