देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धन सर्वोच्चमा

डिसी नेपाल
१० जेठ २०७८ १४:०६
432
Shares

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा पुगेका  छन्।

गठबन्धनले देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट दायर गर्ने तयारी गरेका छन्। यही जेठ ७ गते संविधानको धारा ७६ ९५० अनुसारको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १ सय ४९ सांसदलले हस्ताक्षर बुझाएका थिए।

तर, सो दाबीलाई राष्ट्रपतिले खारेज गरेर सोही मध्यराति नयाँ सरकार बन्ने दाबी नपुगेको भन्दै केपी शर्मा ओली सरकारको सिफारिसमा संसद भंग गरेर निर्वाचनको मिति तोकेपछि उनीहरु असन्तुष्ट हुँदै अदालतमा प्रधानमन्त्री नियुक्तिको माग लिएर मुद्दा दर्ता गर्न पुगेका हुन्।

रिट निवदेनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, नेकपा एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षक १२ र राष्ट्रिय जनमोर्चाकी एक सांसदले हस्ताक्षर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.