झलनाथ–माधवसहित ११ जनालाई एमालेको साधारण सदस्यसमेतबाट निष्कासन

डिसी नेपाल
१० जेठ २०७८ १८:५७
3.6k
Shares

काठमाडौं। एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई एमालेको साधारण सदस्यसमेतबाट निष्कासन गरिएको छ। सोमबार बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि स्पष्टीकरण सोधिएका ११ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। बैठकले खनाल, नेपाललागयत, भीम रावल, रामकुमारी झाक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कासमेतलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

बैठकले अन्य १२ जनालाइर् स्पष्टीकरणा साध्ने निर्णय गरेकाे छ। यी हुन्र स्पष्पटीकरणा साेधिएका नेताहरूः

विरोध खतिवडा

जीवनराम श्रेष्ठ

घनश्याम भुसाल

सोमप्रसाद पाण्डे

कृष्णलाल महर्जन

झपट रावल

झलनाथ खनाल

भवानी प्रसाद खापुङ

यज्ञ सुनुवार

सुरेन्द्र पाण्डे

मेटमणि चौधरी

दिपक प्रकाश भट्ट

नारायण खतिवडा

शनिबार यी नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो। तर, उनीहरुले स्पष्टीकरण भने दिएका थिएनन्। यी नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर तथा समर्थन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *