आज जेठ ११ गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
११ जेठ २०७८ ६:१६
484
Shares

आज वि.सं.२०७८ साल जेठ ११ गते, मंगलबार। सन् २०२१ मे २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्ल पक्ष । त्रयाेदशी तिथी। चन्द्रमा धनु राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १५ र सूर्यास्त बेलुकी ६ः४८ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपिनको मस्ती मिल्नेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सुखसयलमा समय जानेछ। शंकाले बाधा गर्नेछ। मनोरञ्जनमा दिन बित्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धनको सन्चय बढ्नेछ। लगानीमा फाइदा हुनेछ। पुरानो मित्रको साथ पाईनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी झमेला हट्नेछ। काममा प्रशंसा मिल्नेछ। राजनीतिमा फाईदा पाईनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अधुरा काम सुचारु हुनेछन्। धर्ममा मन जानेछ। सामाजिक योगदान रहनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अधुरा काम सुचारु हुनेछन्। सेवामा मन जानेछ। सामाजिक योगदान रहनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) जिम्मेवारीमाअपगाल आउनेछ। आम्दामीमा घाटा हुनेछ।शरीरमा विसञ्चो देखिनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक मेलमिलाप हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  विरोधीहरु आफ्नो बाटो लाग्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिला किनारा लाग्नेछन्।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनकार्य अगाडि बढ्नेछ। आम्दानी वृद्धि हुनेछ। सन्तानको सहयोग रहनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) महिलावर्गसँग दुष्मनी बढ्नेछ। ढिला सुस्तीले घाटा हुनेछ। आफन्त विरोधी बन्नेछन्।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइको साथले पुरानो काम टुगिनेछ। छोटो यात्रा हुनेछ। घरायसी अधुरा काम बन्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.