सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको पूर्वसभामुखहरुको राय
काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग गरेको छलफलमा पूर्वसभामुखहरुले यस्तो बताएका हुन् ।
उनीहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको दाबी गरेका छन् ।
बैठकमा पूर्वसभामुखहरु ओमसरी घर्ती, कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए भने पूर्वसभामुख तारानाथ रानाभाट भर्चुअल माध्यमबाट उपस्थित थिए । एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र दमननाथ ढुंगाना भने बैठकमा उपस्थित थिएनन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment