प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी
काठमाडाैं। संवैधानिक इजलासमा संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ भइरहेकाे छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीशको उक्त इजलासमा अहिले वकिलहरूले बहस गरिरहेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन्।
बहुमत सांसदहरूको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा रिट परेका छन्।
न्याय परिषद्को सिफारिसमा संवैधानिक इजलासका लागि सर्वोच्च अदालतमा पहिल्यै गठन गरिएको १३ जना न्यायाधीशको रोस्टरबाट प्रधानन्यायाधीशले ४ न्यायाधीश छानेर यो संवैधानिक इजलास गठन गरेका हुन्।
सर्वोच्च अदालतमा संवैधानिक इजलासका लागि न्यायाधीशहरुको रोस्टर पहिल्यै तयार गरिएको हुन्छ । तिनै न्यायाधीशबाट ४ जना न्यायाधीश छानेर प्रधानन्यायाधीशले संवैधानिक इनलास गठन गर्छन् । संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायाधीशले गर्छन् ।
यसअघि पुसका पनि प्रतिनिधि सभा विघटनकै विषयमा संवैधानिक इजलास चलेको थियो । तर, त्यतिबेला अहिलेका ४ न्यायाधीशमध्ये केसी मात्र थिए । अहिले संवैधानिक इजलासमा राखिएका अन्य ३ न्यायाधीश त्यतिबेला संवैधानिक इजलासमा थिएनन्
No ads found for this position


डिसी नेपाल
Facebook Comment