आज जेठ १५ गते शनिबार कस्ताे आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७८ साल जेठ १५ गते, शनिबार। सन् २०२१ मे २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।जेठ कृष्ण पक्ष । त्रितीया तिथी। चन्द्रमा मकर राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः १५ र सूर्यास्त बेलुकी ६ः४८ मिनेटमा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्त्रीपक्षबाट सहयोग आउनेछ। व्यवसायिक यात्रा हुनेछ। जोस र जागरले कार्य सफल हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुटुम्ब सुख मिल्नेछ। पूरानो लगानीमा प्रगति देखिन्छ। मीठो खाने लालसा बढ्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खुशीयाली मनमा बढ्नेछ। कला संगीतमा सफलता मिल्नेछ। जिम्मेवारीमा जस मिल्नेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अनावस्यक खर्च बढी हुनेछ। बेकारमा भार बेहोर्नुपर्नेछ। साथिभाइमा सरसापटमा धन जानेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पशु चौपायाबाट फाइदा हुनेछ। सवारीसुखमा मोह बढ्नेछ। कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) राजनीतिक मोह पलाउनेछ। नेतागणसँग सम्बन्ध बढ्नेछ। कला र क्षमताको कदर मिल्नेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाग्यले साथ दिनेछ। विदेशबाट सहयोग आउनेछ। सामाजिक काममा व्यस्तता बढ्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धनको क्षति हुनेछ। काममा बाधा देखिन्छ। स्वास्थ्यमा समस्या आउनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पतिपत्निबीच मेलमिलाप रहन्छ। साझेदारीमा फाइदा मिल्नेछ। माया पिरती अघि बढ्नेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा जीत हुनेछ। पदप्रतिष्ठाको विषयमा विवाद हुनेछ। पराइको सहायतामा धन जानेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मनोरञ्जनमा रुचि बढ्नेछ। बौद्धिक क्षेत्रमा पहुँच हुनेछ। अध्ययनको चिन्ता थपिनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मानसिक अशान्ति बढ्नेछ। आफन्तले धोका दिनेछन्। वादविवादले मित्रता टुट्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment