राजसंस्था हटाउँदा बिदेशी हस्तक्षेप बढ्याे : कमल थापा
फाइल तस्बीर
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था हटाउदा देशमा विदेशी हस्तक्षेप बढेकाे बताएका छन्। गणतन्त्र दिवकाे अवसरमा सामाजिक सञ्जाल ट्वीटरमार्फत धारणा राख्दै थापाले भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको आराेप लगाएका हुन्।
अध्यक्ष थापाले गणतन्त्रमा देश र जनता बलियो नभएकाे समेत टिप्पणी गरेका छन्। उनले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापना वारे पुनर्विचार गर्न समेत माग गरेका छन्।
उनले भनेका छन, ‘१३ बर्ष अघि राष्ट्रियता/एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्। बरू भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ। राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापना वारे पुनर्विचार गरौँ।’








डिसी नेपाल








Facebook Comment