जसपाले लक्ष्मणलाल कर्णलाई स्पष्टीकरणको लागि पुनः पत्र लेख्यो

डिसी नेपाल
१५ जेठ २०७८ १४:४०
148
Shares

काठमाडौं । समाजवादी पार्टीले लक्ष्मणलाल कर्णलाई स्पष्टीकरणका लागि पुनःपत्र पठाएको छ। यसभन्दा पहिले जेठ ११ गते पठाएको पत्रको जवाफ नआएपछि आज पुनः पत्र काटेर स्पष्टीकरण सोधिएको पार्टीले जानकारी दिएको छ।

जसपाद्वारा जारी पत्रमा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा १८ (३), २५ (१) (२) र पार्टीको विधानको दफा ४९ को (१), (२), (३), (५) र (८) दफा ५० को (१) विपरित काम गर्नु भएकाले जेठ ११ गते पत्र प्राप्त भएको व्यहोरा अवगत नै होला।’

स्पष्टीकरणका सोधेर सफाइको लागि मौका दिन केन्द्रीय कार्यकारिणी समितिको जेठ ८ गते भएको निर्णयको बुँदा ४ बमोजिम तपाईलाई कारवाही किन नगर्ने भनी स्पष्टीकरण जवाफ प्राप्त नभएकोले पुनः पत्र लेखिएको भनी पत्रमा उल्लेख गरिएको छ।

पुनः पत्र पठाएको २४ घण्टाभित्र स्पष्टीकरण प्राप्त नभए पार्टीबाट निस्कासन समेतको कारवाही हुने कुरा कुरा पत्रमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.