स्कुलको छेउमा २ सय १५ बच्चाको लाश गाडेको पाइयो, २१५ जोडी जुत्ता राखेर श्रद्धाञ्जली
काठमाडौं। क्यानडाको सबैभन्दा ठूलो आवासीय स्कुलको मैदानमा २ सय १५ बालबालिकाको जमिनमा डाडिएका अवशेष फेला परेका छन् । यीमध्ये केही बालबालिकाको उमेर मात्रै ३ वर्ष थियो । यी बालबालिकाहरु १९७८ मा बन्द भइसकेको कमलुप्स इण्डियन रेसिडेन्सियल स्कुलका विद्यार्थी थिए ।
४३ वर्षपछि भएको यो खुलासापछि भ्यान्कुभर आर्ट ग्यालरीका सिढीहरुमा यी २१५ बालबालिकाको स्मृतिमा २१५ जोडी जुत्ता चप्पल राखेर उनीहरुलाई श्रद्धाञ्जली दिइयो ।
१८६३ देखि १९९८ सम्म क्यानडामा चर्चद्वारा संचालित आवासीय स्कुल व्यवस्थामा बालबालिकालाई उनीहरुको परिवारबाट बलग गरिन्थ्यो । करिब १ लाख ५० हजार बालबालिकाहरुलाई बलात्कार, शारीरिक शोषण, उत्पीडनसँग सम्बन्धित घटनाहरु पनि सार्वजनिक भएका थिए । ४ हजार १ सय बालबालिकाको मृत्यु पनि यिनै कारणले भएको थियो ।
यो खुलासापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन् ‘बालबालिकाको अवशेष भेटिएको यो खबर मन तोड्ने खबर हो । यो हाम्रो देशको इतिहासको सबैभन्दा कालो र लज्जाजनक अध्याय हो ।’







डिसी नेपाल








Facebook Comment