संसद विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

डिसी नेपाल
१६ जेठ २०७८ १६:१८
244
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणाको विरोधमा सर्वोच्च अदालतमा दायर ३० वटा रिटमाथि सुनुवाई जारी छ। ती रिटमाथिको आइतबारको सुनुवाई सकिएको छ। सुनुवाई सकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ।

यी रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा यही जेठ १३ गते यता सुनुवाई भइरहेको छ। आइतबारको सुनुवाईका क्रममा रिट निवेदकका पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरुले इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र न्यायाधीश तेजबहादुर केसीमाथि प्रश्न उठाएका छन्। न्यायाधीशरुमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश छान्ने अधिकार रिट निवेदक र कानुन व्यवसायीलाई नभएको बताएका छन्।

बहसका क्रममा महान्यायाधीवक्ता रमेश बडालले विपक्षी कानुन व्यवसायीले न्यायाधीशमाथि प्रश्न उठाएकोमा आपत्ति जनाएका थिए। यसअघि शुक्रबारको बहसमा पनि न्यायाधीशरुमाथि प्रश्न उठेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *