भारतसँग वार्ताका लागि इमरानले राखे शर्त

डिसी नेपाल
१६ जेठ २०७८ २१:३६
1.7k
Shares

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता भारत प्रशासित जम्मू कश्मीरको अवस्था २०१९ अगस्ट ५ भन्दा पहिलाको अवस्थामा फर्काएपछिमात्र हुने बताएका छन्। भारतले ५ अगस्ट २०१९ मा जम्मू कश्मीरको विशेष अवस्था खारेज गर्दै दुई केन्द्र शासित राज्यमा बनाएको थियो। जसको पाकिस्तानले विरोध गर्दै आएको छ।

प्रधानमन्त्री इमरान खानले एक कार्यक्रममा प्रश्नको जवाफ दिँदै भने, ‘यदि पाकिस्तानले भारतसँग आफ्नो सम्बन्ध सुधार गर्छ र कश्मीरमा पहिलाको जस्तो अवस्था हुँदैन भने यो कश्मीरीहरुका लागि पिठ्युँ देखाए जस्तै हुन्छ।’ उनले यदि भारतले पाँच अगस्टको निर्णय फिर्ता लिएर निश्चितरुपमा भारतसँग वार्ता गर्ने बताएका छन्। तर पनि उनले भारतसँग सम्बन्ध सुधार गर्दा फाइदा हुने बताएकी छन्। उनले युरोपली संघको उदाहरण दिँदै त्यहाँ सबैलाई फाइदा भएको बताए।

पाकिस्तानी प्रधानमन्त्रीले भारतसँग वार्ताका लागि शर्त राखे पनि भारतले पनि आतंकवाद र वार्ता सँगै नहुने पाकिस्तानसँग शान्ति वार्ता हुन नसक्ने भन्दै आएको छ। भारतले पाकिस्तानमाथि आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले भारतको यस्तो आरोप खारेज गर्दै आएको छ। भारत र पाकिस्तानबीचको सम्बन्ध क्तिततापूर्ण हुँदा क्षेत्रको शान्तिमै प्रभाव पर्ने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *