कोरोनाभाइरसको भ्याक्सिन लगाउँदा १६ करोडको घर उपहार

डिसी नेपाल
१७ जेठ २०७८ १०:४९
444
Shares

काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिन लगाउनुस् र १६ करोड रुपैयाँ मूल्यको घर उपहारमा जित्नुस् । भ्याक्सिन लगाउन चाहने सबै नागरिकले भ्याक्सिन नपाउने अवस्थामा रहेका हामीलाई यो अफर सुन्दा अचम्म लाग्न सक्छ तर हङकङमा भने यस्तो अफर ल्याइएको छ । यहाँ मानिसहरुलाई भ्याक्सिन लगाउनको लागि प्रोत्साहित गर्न बम्बर लट्री ल्याइएको छ जहाँ भ्याक्सिन लगाउनेले पहिलो पुरस्कारको रुपमा १०.८ मिलियन हङकङ डलर (१६ करोड रुपैयाँ) जित्न सक्नेछन् ।

हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टका अनुसार यहाँ मानिसहरु भ्याक्सिन लगाउन उत्सुक छैनन् । त्यसैले सिनो ग्रुपको एनजी टेक फोंग च्यारिटेबल फाउन्डेसनसँग मिलेर चीनको एस्टेट होल्डिङ लिमिटेडले यो अफर ल्याएको हो । यसमा क्वान टोंग षेत्रमा सिनो ग्रुपले आफ्नो ग्रयाण्ड सेन्ट्रल प्रोजेक्टमा नयाँ अपार्टमेन्टमा फ्ल्याट दिने अफर ल्याएको हो । भ्याक्सिनको दुवै डोज लगाउनेहरु यो योजनामा सहभागी हुन पाउनेछन् । पुरस्कारमा ४४९ वर्ग फुट अर्थात ४२ वर्गमिटरको फ्ल्याट जित्न पाइनेछ ।

दक्की ड्रका आधारमा यो नयाँ फ्ल्याट दिइनेछ । रिपोर्टका अनुसार यहाँको सरकारले प्रयोग नभएको भ्याक्सिन डोज दान दिनेदेखि अन्य विकल्पका विषयमा पनि अध्ययन गरिरहेको छ किनकि यहाँ स्टकमा रहेका केही भ्याक्सिनको अगस्टमा म्याद गुज्रिँदैछ । यी भ्याक्सिन म्याद नगुज्रिँदै उपयोग गर्नको लागि सरकारले मानिसहरुलाई प्रोत्साहित गरेर भ्याक्सिन लगाइरहेको छ । ७५ लाख जनसंख्या भएको हङकङमा अहिलेसम्म केवल १२.६ प्रतिशत जनतालाई मात्र भ्याक्सिन दिइएको छ ।

हङकङमा भ्याक्सिनको बदलामा घरको अफरले मानिसहरुलाई धेरै लोभ्याउने अपेक्षा गरिएको छ किनकि हङकङमा रियलस्टेटको मूल्य एकदमै बढी छ । यसअघि अमेरिकाको न्यूयोर्क, ओहायो, मेरिल्याण्ड, केन्टुकी र ओरेगनमा पनि भ्याक्सिन लगाउनेहरुलाई लक्की ड्रको अफर दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.