बजेटप्रति कांग्रेसकाे टिप्पणी : उत्साहजनक छैन
काठमाडाैं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएकाे बजेट उत्साहजनक नभएकाे टिप्पणी गरेकाे छ। साेमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले समग्रमा बजेट उत्साहजनक नभएकाे निष्कर्ष निकालेको हो।
‘समग्रमा कोरोना कहरबाट आफन्तजन गुमाएका, आफैँ संक्रमित भएका र रोजगारी गुमाएका वा त्यस्तो जोखिममा परेका, अर्थतन्त्रको गतिहीनता र राजनीतिक दाउपेच र खिचातानबाट आजित र निराश नागरिकबीच यो बजेटले कुनै पनि आशा जागृत गर्न सकेको छैन,’ पत्रकार सम्मेलनमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले भने।
सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको र हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको र त्यसले दीर्घकालीन रुपमा प्रभाव नपार्ने पनि बताए। त्यस्तै कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्न कुनै योजना अघि नसारेको कांग्रेसले बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment