४८ किलोको माछा ७२ लाख रुपैयाँमा बिक्री !
काठमाडौं। ४८ किलोको एउटा माछा ७२ लाख रुपैयाँमा बिक्री भएको छ । पाकिस्तानको ग्वादरका एक माझीले जेवानीको समुद्र किनारमा समातेको त्यो दुर्लभ माछा यति महंगो मूल्यमा बिक्री भएको हो । माछा समात्ने डुंगाका मालिक साजिद हाजी अबाबाकरका अनुसार माछा समाउने समयमा उनको डुंगा पिस्कानको वहिद बलोचमा थियो । ग्वादरको फिसरीका डेप्युटी डाइरेक्टर अहमद नदीमले आफूले अहिलेसम्म यति महंगोमा माछा बिक्री भएको नदेखेको बताएका छन् ।
पाकिस्तानी अखबार डनसँग कुरा गर्दै अबाबाकरले लिलामीका क्रममा एक पटक माछाको मूल्य ८४ लाख रुपैयाँसम्म पुगेको बताए । तर, उनीहरुको छुट दिने परम्परा रहेकोले छुट दिँदा त्यसको मूल्य ७२ लाख निर्धारण भएको उनले बताए । ग्वादर विकास पधिकरणमा वातावरणीय निर्देशक रहेका जीवविज्ञानी अब्दुल रहिम बलोचका अनुसार लार्ज क्रोकर माछाको माग युरोप र चीनमा उच्च छ ।
‘केही माछाहरु तिनीहरुको मासुका कारण महंगो हुन्छन् तर यो प्रजाति (लार्ज क्रोकर) को माग उच्च हुनुको कारण यिनीहरुको शरीरको भाग औषधि र शल्यचिकित्सामा प्रयोग हुने भएकोले हो’ उनले भने । स्रोतका अनुसार केही समय अघिमात्र एक माझी अब्दुल हकले पनि क्रोकर माछा समातेका थिए जुन ७ लाख ८० हजारमा बिक्री भएको थियो ।







डिसी नेपाल








Facebook Comment