आज चीनबाट नाै लाख खोप ल्याइँदै, उक्त खोप ५५ देखि ६५ वर्षकालाई लगाइने

डिसी नेपाल
१८ जेठ २०७८ ६:१३
472
Shares

काठमाडौं। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ। ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट ल्याइँदैछ।

चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियाे। सो विमानले आज २ बजेसम्म ८ लाख खोप नेपाल ल्याइपु-याउनेछ।
यसैबीच चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने तयारी गरिएको छ।

भेरोसेल नामको सो खोप ५५ देखि ६५ वर्ष उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ। यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिइएको थियो।

६५ वर्ष माथिको करिब ९ लाख भन्दा बढी र कुल साढे १४ लाख नागरिक दोस्रो डोज खोपको पर्खाइमा रहेको मन्त्रालयको तथ्यांक छ। उनीहरुलाई बेलायतको एस्ट्राजेनेकाले उत्पादन गरेको खोप लगाउने तयारी सरकारले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.