थापाको सम्मानमा विवेकशील साझाका प्रत्येक सदस्यलाई एउटा वृक्ष रोप्न आह्वान
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्ज्वल थापाको मंगलबार निधन भएकोमा विवेकशील साझा पार्टीले दुःख व्यक्त गर्दै थापाको आत्माको चीरशान्तिको कामनासहित परिवारजनमा समवेदना व्यक्त गरेको छ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले शोक वक्तव्य जारी गर्दै थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
थापाको निधनपछि बसेको पार्टीको आकस्मीक बैठकले थापाको सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने भएको छ।
कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार निधन भएको थियो। पारिवारिक स्रोतका अनुसार थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा हुने भएको छ। भिडभाडले कोरोनाको जोखिम हुने भन्दै परिवारले उनको अन्तिम संस्कारमा सहभागी नहुन आग्रह गरेको छ।







डिसी नेपाल








Facebook Comment