डब्ल्यूएचओद्वारा सिनोभ्याकलाई आपतकालिन प्रयोगका लागि अनुमति

डिसी नेपाल
१९ जेठ २०७८ ९:०५
96
Shares

बेइजिङ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड- १९ विरुद्ध चीनले निर्माण गरेको खोप सिनोभ्याकलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ।

चीनले डब्ल्यूएचओबाट कोरोना विरुद्ध निर्माण गरेको दोस्रो खोपले मान्यता पाएको हो। यस अघि डब्लूएचओले सिनोफार्मलाई प्रयोग अनुमति दिएको थियो । चिनियाँ दोस्रो खोपले अनुमति पाएसँगै कोभ्याक्स कार्यक्रममा सहभागी हुने बाटो खुल्ला भएको छ । यसबाट खोपको उपलब्धतामा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ।

डब्लुएचओबाट मान्यता पाउनु अघि नै कयौं देशहरुले १८ वर्ष माथिका नागरिकहरुलाई यो खोप लगाइसकेका छन् । पहिलो डोज लगाएको दुईदेखि ४ हप्ताको अन्तरमा दोस्रो खोप लगाउनु पर्ने बताइएको छ। विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउनुको अर्थ अन्तर्राष्ट्रिय सुरक्षा, प्रभावकारिता र उत्पादन सम्बन्धी मापदण्ड पूरा गरेको मानिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *