त्रिभुवन विमानस्थलबाट मे महिनामा १२ हजार भित्रिए, २३ हजार बाहिरिए

डिसी नेपाल
१९ जेठ २०७८ १२:०१
460
Shares

काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन्।

अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन्। जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन्।

गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्याङ्क दोब्बर छ। सो अवधिमा २३ हजार १३५ बाहिरिएका छन्। बाहिरिनेमध्ये नौ हजार ९७७ विदेशी र १३ हजार १५८ जना नेपाली छन्। अन्य महिनाको तुलनामा मेमा कम सङ्ख्यामा विदेशी नेपाल भित्रिएका छन् ।

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिलमा १४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका थिए। यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *