पाकिस्तानले बनायो कोरोनाविरुद्धको खोप

डिसी नेपाल
१९ जेठ २०७८ १६:४७
460
Shares

इस्लामावाद (एजेन्सी)। पाकिस्तानले कोरोनाविरुद्धको खोप बनाएको छ। पाकिस्तानले मंगलबार खोप लञ्च गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तानले चिनियाँ सहयोगमा खोप बनाएको हो। जसको नाम पाकभ्याक राखिएको छ।

पाकिस्तानी योजनामन्त्री असद उमरले यो खोप लञ्च गर्दै खोप लञ्च हुनुलाई क्रान्ति भनेका छन्। उनले पाकिस्तानमा पश्चिमा मुलुकले उत्पादन गरेको खोपभन्दा चिनियाँ सिनोफार्माको खोपमा धेरै विश्वास रहेको बताएका छन्।

समाचार अनुसार चीनबाट खोपका लागि कच्चा पदार्थ पाकिस्तानले आयात गर्छ। र त्यसलाई विकास तथा प्याकेजिंग पाकिस्तानमा गरिन्छ। पाकिस्तानी वैज्ञानिकहरुले कच्चा पदार्थ प्राप्त भए पनि खोप बनाउन त्यति सजिलो काम नभएको बताएका छन्। उनीहरुले अब पाकिस्तानमा पाकभ्याकको उत्पादन केही दिनमै हुने जानकारीसमेत दिएका छन्।

पाकिस्तानमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण घटिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *