काठमाडौं उपत्यकामा मात्रै १ हजार ४५६ संक्रमित थपिए
फाइल फाेटाे।
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४५६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ९६९ भत्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी १ हजार ४५६ जना संक्रमित थपिएका हुन् ।
देशभर पीसीआर विधिबाट १३ हजार ८०५ तथा एन्टिजेन विधीबाट ३ हजार ७३ वटा नमुनाको परीक्षण गरिएकोमा ५ हजार ३१६ जनामा संक्रमण पुष्टी भएको छ ।
आजै ७ हजार २१९ जना कोरोना मुक्त भएका छन् भने १०१ संक्रमितको मृत्यु भएको छ । नेपालमा संक्रमणदर ३१.५ प्रतिशत रहेको छ ।
हालसम्म नेपालमा ५ लाख ७९ हजार हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छ । अहिले १ लाख १ हजार ९९३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment