माधव निकट १७ जनवर्गीय संगठनले भनेः ओलीले विधान विपरितका निर्णय सच्याउनुपर्छ

डिसी नेपाल
२० जेठ २०७८ १७:०१
204
Shares

काठमाडौं। नेकपा एमालेमा चर्किरहेको आन्तरिक विवादका बीच माधव कुमार नेपाल निकट १७ वटा जनवर्गीय संगठनले विहीबार सँयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लगेको भन्दै आपत्ति प्रकट गरेका छन्। उनीहरुले फागुन २८ यताका सबै निर्णय फिर्ता लिनसमेत अध्यक्ष ओलीसँग माग गरेका छन्।

ती संगठनहरुले वरिष्ठ नेता माधवकुमार नेपाललगायत ११ जना नेताहरुमाथि भएको कारबाही फिर्ता हुनुपर्नेसमेत भनेका छन्। उनीहरुले अवैध कमिटीले गरेको कारबाही आफैमा अर्थहीन भएको भन्दै सो कारबाहीको भत्र्सना गरेका छन्। उनीहरुले २०७५ जेठ २ गते पूर्वको अवस्थामा पार्टीलाई नपुर्याइए अर्को पार्टी खोल्नेसमेत उनीहरुले चेतावनी दिएका छन्।

उनीहरुले सरकारले बजेटमार्फत ढुंगा गिटी र बालुवा निकासी गर्ने भनेकामा पनि आपत्ति प्रकट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *