पदबहाली गर्दै उपप्रम पौडेलले भने- खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुन्छ
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताएका छन्। पद तथा गोपनीयताको शपथ लिएपछि आज सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारका सबै सामथ्र्य लगाइने बताए । उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलता हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारा पूरा गरिने बताए ।
पदबहालीका क्रममा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहमति दिनेसम्बन्धी फाइल स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment