संवैधानिक इजलास पुनर्गठन, वरिष्ठ न्यायाधीशलाई प्राथमिकता
काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोकेका छन्।
इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन्।
वरिष्ठताका आधारमा हरिकृष्ण कार्की भने इजलासमा परेनन्। कार्की र भट्टराई यसअघि गठित इजलासमा पनि थिए। रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ।
गत मंगबलार सर्वोच्च बारका प्रतिनिधिसँग भएको छलफलमा प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने जनाएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment