संवैधानिक इजलास पुनर्गठन, वरिष्ठ न्यायाधीशलाई प्राथमिकता

डिसी नेपाल
२३ जेठ २०७८ १०:३८

काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोकेका छन्।

इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन्।

वरिष्ठताका आधारमा हरिकृष्ण कार्की भने इजलासमा परेनन्। कार्की र भट्टराई यसअघि गठित इजलासमा पनि थिए।  रिटहरुमाथि आजैबाट सुनुवाई हुनेछ।

गत मंगबलार सर्वोच्च बारका प्रतिनिधिसँग भएको छलफलमा प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने  जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *