चितवनमा तेस्रो चरणको कोरोनाविरुद्धको खोप जेठ २५ र २६ गते

डिसी नेपाल
२४ जेठ २०७८ ११:३८
464
Shares

चितवन। कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप यही जेठ २५ र २६ गते दिइने भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिन लागिएको हो।

चीन सरकारको अनुदानमा प्राप्त ‘भेरोसिल’ खोप जिल्लामा ११ हजार मात्रा आइसकेको उनले जानकारी दिए। उनका अनुसार यो खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो। हरेक वडामा नै खोपको व्यवस्था गरिएको उनले बताए। यहाँका सात पालिकामा रहेका वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध गराइने छ।

कोरोना कहरका कारण भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो। उनले भने, “खोप अभियान दुई दिनसम्म चल्नेछ, स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइनेछ।” पालिकास्तरीय खोप केन्द्रमा छुटेकालाई थप एक दिन थपिनेछ । जिल्लामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भएको छ। ती अभियानमा ३९ हजार व्यक्तिले पहिलो खोप लगाएका छन्। खोप लिन आउँदा परिचयपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.