फ्लोरक्रस गरेपछि पदमुक्त भएका कर्णालीका चार सांसदको पदबहाली गर्न सर्वोच्चको आदेश

डिसी नेपाल
२७ जेठ २०७८ १९:५६
1.8k
Shares

काठमाडौं। सर्वोच्च अदालतले पदमुक्त भएका कर्णाली प्रदेशका एमालेका चारजना सांसदहरुलाई पदबहाली गर्न अन्तरिम आदेश दिएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राखेको विश्वासको मतको पक्षमा फ्लोरक्रस गरेर मतदान गरेपछि एमालेले उनीहरुलाई कारबाही गरेपछि पदमुक्त भएका थिए। सर्वोच्चले उनीहरुको पदबहाली गर्न आदेश दिएको हो।

एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन्। ज्वाला बाहेक तीनजना मन्त्रीसमेत छन्।

उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले यस्तो आदेश दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *