कोपा अमेरिकामा ब्राजिलको सानदार जित
काठमाडौं। आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा सानदार जित निकाल्दै विजयी सुरुवात गरेको छ। आइतबार राति सम्पन्न उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले प्रतियोगिताको सुखद सुरुवात गरेको हो।
स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन माकविन्होस, नेयमार र गार्बियल बर्बोसाले एक एक गोल गरे।
यो जितसँगै समूह ‘बी’ मा रहेका ब्राजिलले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment