ताङ्गिन गाउँका घरघरमा खानेपानीका धारा
सिमकोट । लामो समयदेखि खोलाको पानी पिउँदै आएका हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको ताङ्गिनबासीका घरघरमा धारा जडान गरिएको छ । खोलाको पानी सधैँ पिउँदै आएका ताङ्गिनबासी घरघरमा धारा जडान गरेर खानेपानी पाउन थालेका छन् । शुद्ध पिउने पानी गाउँबासीलाई पु¥याउने वडाको लक्ष्य पूरा गर्न खानेपानी योजना निर्माण भएपछि यो सम्भव भएको हो ।
वडाको रणनीति घरघरमा खानेपानीको धारा निर्माण रहेअनुसार त्यसलाई पूरा गरिएको वडाध्यक्ष प्रेमबहादुर लामाले बताए । नाम्खा गाउँपालिका वडा नम्बर १ ताङ्गिन गाउँका ५० घरधुरीमा खानेपानीका धारा जडान भएको जनाइएको छ ।
धारा जडान भएसंँगै खोलाका पानी बोकेर पानी प्रयोग गर्न बाध्य स्थानीयवासी शुद्ध पानी प्रयोग गर्ने अवस्थामा पुगेको उनले बताए । बस्तीका सबै घरधुरीमा खानेपानीका धारा जडान भएपछि गाउँमा एक प्रकार खुशीयाली आएको छ ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, गाउँपालिका र स्थानीय जनताको जनश्रमदानको लागत साझेदारीमा खानेपानी योजना सम्पन्न भएर जनताका घरघरमा धारा निर्माण भएर प्रयोगमा आएको परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले बताए । घरघरमा धारा जडानसँगै शौचालयमा पानी प्रयोग गर्न सहज भएको स्थानीयवासीले जनाएका छन् ।







डिसी नेपाल








Facebook Comment