मन्त्री तामाङद्वारा सिन्धुपाल्चोक बाढीको हेलिकोप्टरबाट निरीक्षण, पहिरोका कारण बाढी आएको भनाइ (भिडियो)
काठमाडौं। सिन्धुपाल्चोकमा मंगलबार राति मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। जिल्लाको हेलम्बु र मेलम्ची बजार क्षेत्रमा बाढीका कारण कम्तिमा ७ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। र करिब १ हजार घरधुरी बाढीले बगाएको छ। १ दर्जन बढी पुलहरु बगाएको छ।
बाढी प्रभावित क्षेत्रको स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले हेलिकोप्टरबाट निरीक्षण गरेका छन्। उनले पहिरोका कारण मेलम्ची नदीमा बाढी आएको जनाएका छन्। उनले निरीक्षणको भिडियो फेसबुकमा सार्वजनिक गर्दै भ्रातेकतेक भन्ने स्थानमा गएको पहिरोका कारण बाढी आएको बताएका छन्।
बाढी पीडितको उद्धार तथा राहत कार्य जारी छ। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बलले उद्धार कार्य जारी राखेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment