सहयोग गरेकामा एमाले महासचिवबाट स्वीस सरकारलाई धन्यवाद

डिसी नेपाल
२ असार २०७८ १७:५१
36
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ ।

एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए । आफू उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीट्जरल्याण्ड सरकारले नेपाललाई रु ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सो अवसरमा राजदूत क्यापिलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *