३२ जिल्ला बाढी प्रभावित, के छ तीन दिनको मौसमी पूर्वानुमान ?

डिसी नेपाल
२ असार २०७८ १८:१६
788
Shares

काठमाडौं। मनसुनी वायुको प्रभावका कारण देशभर अविरल वर्षा भएपछि देशका विभिन्न जिल्लामा बाढी पहिरोले क्षति गरेको छ। गृह मन्त्रालयका अनुसार मंगलबार र बुधबार गरी देशका ३२ जिल्ला बाढी पहिरोबाट प्रभावित भएका छन्। सिन्धुपाल्चोक र मनाङमा ठूलो क्षति भएको छ भने गोरखा, लमजुङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवनलगायतका जिल्लाहरुमा बाढीले प्रभाव पारेको छ।

सरकारका अनुसार बुधबार साँझसम्म बाढी पहिरोका कारण करिब १२ जना विस्थापित भएका छन्। सिन्धुपाल्चोकमा ९ सयजना विस्थापित भएका छन् भने मनाङमा ३ सय जना प्रभावित भएका छन्।

यस्तो अवस्थामा आगामी तीन दिनको मौसम कस्तो हुन्छ भन्नेबारे जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको पूर्वानुमान जारी गरेको छ। साँझ ६ बजे जारी गरिएको मौसम बुलेटिन अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघगर्जन–चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघगर्जन–चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

विहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघगर्जन–चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, प्रदेश न १ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघगर्जन–चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ। शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघगर्जन–चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका अधिकांश स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केहि भू–भागमा भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.