मेलम्चीबाट बगेका २ शव सिन्धुलीमा फेला

डिसी नेपाल
२ असार २०७८ २०:३८
812
Shares

काठमाडौं। मंगलबार रातिको बाढीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा घर बगाउँदा बेवत्ता भएका मध्ये ३ जनाको शव सिन्धुलीमा फेला परेको छ। सिन्धुली प्रहरी प्रमुख एसपी गोन्दि थपिलयाले बुधबार तीवटा शव फेला परेको जानकारी दिए।

उनले डिसी नेपालसँग फोनमा भने, ‘शुनकोशीले बगाएर ल्याएका तीनवटा शव आज फेला परेका छन्।’ उनका अनुसर तीनै शव पुरुषका हुन्। उनका अनुसार जिल्लाको मुलकोट, कानडुङ्ग्रे र रत्नावतीमा शव फेला परेका हुन्। एसपी थपलियाले भने, ‘रत्नावतीमा फेला परेको शव अलि पुरानो जस्तो छ। अन्य दुई शव भने आजकै हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *