थप २ हजार ६ सय जनामा कोरोना पुष्टि, २ हजार १ सय निको

डिसी नेपाल
३ असार २०७८ १७:०८

काठमाडौं । बिहिबार नेपालमा २ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ७११ पीसीआर र ४ हजार ४७३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ६८ र एक हजार जना गरी ८३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४० हजार ४० पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ६६२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १४१ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार ५९७ जनाको मृत्यु भएको छ । यस्तै देशभर ४८७ जना क्वारेन्टिनमा रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *