तामाकोशी नदीमा बाढी आउने भन्दै सतर्क रहन अपील
काठमाडौं। तामाकोशी नदीमा बाढी आउने भन्दै दोलखा जिल्ला प्रशास कार्यालयले सतर्क रहन अपील गरेको छ। नेपाल र चीनको सीमा क्षेत्रमा भारी वर्षा भएको र तामाकोशी नदीको मुहानमा पहिरो जाँदा नदी थुनिएको भन्दै प्रशासनले तामाकोशीको किरानाका बस्तीहरुलाई सचेत रहन अपील गरेको हो।
थुनिएको नदी कुने पनि बेला फुटेर बाढी आउन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले बाढी बढेको जानकारी पाए स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायलाई खबर गर्नसमेत अपील गरेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment